दफा २६
क्षमादान सम्बन्धी व्यवस्था क्षमादान सम्बन्धी व्यवस्था
(१) दफा २५ मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम छानविन गर्दा उपदफा (४), (५) र (६) मा उल्लिखित मापदण्ड एवं शर्तका
आधारमा कुनै पीडकलाई क्षमादान गर्न उपयुक्त देखिएमा आयोगले त्यसको पर्याप्त
आधार खुलाई नेपाल सरकार समक्ष सिफारिस गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बलात्कार र आयोगको छानविनबाट क्षमादान दिन पर्याप्त आधार र कारण नदेखिएका गम्भीर प्रकृतिका अन्य अपराधमा संलग्न पीडकलाई आयोगले क्षमादानको लागि सिफारिस गर्न सक्ने छैन । (३) आयोगले उपदफा (१) बमोजिम सिफारिस गर्नु अघि पीडकले क्षमादानको लागि देहायको प्रक्रिया पूरा गरी आयोग समक्ष निवेदन दिएको हुनु पर्नेछ–
(क) आयोगले तोकेको म्यादभित्र लिखित रुपमा निवेदन दिएको,
(ख) निवेदन दिनु अघि सशस्त्र द्वन्द्वको क्रममा आफूबाट भएका काम कारबाहीको सन्दर्भमा आफूलाई थाहा भएसम्मको सत्य तथ्य विवरण
आयोग सक्षम पूर्णरुपमा प्रकट गरी सो विवरण आयोगमा अभिलेखन गराएको कुरा निवेदनमा उल्लेख गरेको,
(ग) आयोगले तोके बमोजिम अन्य प्रक्रिया पूरा गरेको ।
(४) उपदफा (३) बमोजिम दिइने निवेदनमा पीडकले देहायका प्रतिबद्धता प्रकट गरेको कुरा उल्लेख गर्नु पर्नेछः–
(क) सशस्त्र द्वन्द्वको क्रममा आफूबाट मानव अधिकारको गम्भीर उल्लङ्घन भएको कुरा स्वीकार गरेको,
(ख) त्यस्तो कार्यबाट आफूलाई पश्चाताप भएको स्वीकार गरी आयोग समक्ष पीडितसँग चित्त बुझ्दो ढङ्गले क्षमायाचना गर्न मञ्जुर गरेको,
(ग) भविष्यमा त्यस्तो किसिमको कुनै कार्य नगर्ने प्रतिज्ञा गरेको ।
(५) उपदफा (३) बमोजिम क्षमादानका लागि कुनै निवेदन पर्न आएमा आयोगले त्यस्तो पीडकलाई क्षमादान गर्ने सम्बन्धमा पीडितको सहमति, असहमति र घटनाको गम्भीरता समेत विचार गरी क्षमादानको सिफारिस गर्ने निर्णय गर्नु पर्नेछ ।
(६) कुनै पीडक मानव अधिकारको गम्भीर उल्लङ्घन सम्बन्धी एक भन्दा बढी अपराधमा संलग्न भएको छानविनबाट देखिएमा र त्यस्तो पीडकलाई यस दफा बमोजिम कुनै अपराधमा मात्र क्षमादान गर्न सकिने भएमा आयोगले पीडकलाई सो अपराधमा मात्र क्षमादानको लागि सिफारिस गर्न सक्नेछ ।
(७) यस दफा बमोजिम क्षमादानको लागि सिफारिस गर्नु अघि आयोगले पीडितलाई हुन गएको क्षति बापत मनासिब क्षतिपूर्ति पीडकद्वारा उपलब्ध गराउन लगाउन सक्नेछ ।
(८) उपदफा (१) बमोजिम आयोगबाट क्षमादानको लागि सिफारिस भएको व्यक्तिलाई नेपाल सरकारबाट क्षमादान भएमा त्यस्तो व्यक्तिको नाम नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
(९) उपदफा (१) बमोजिम क्षमादानको लागि सिफारिस गरिएको व्यक्तिले नेपाल सरकारबाट क्षमादान नपाएमा त्यस्तो व्यक्तिको सम्बन्धमा मुद्दा चलाउन दफा २८ को उपदफा (२) को खण्ड (ख) बमोजिमको प्रक्रिया अवलम्बन गरिनेछ ।